केशव स्थापितले लिए अग्रता
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन् । वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उहाँले अग्रता लिएका हुन्।
पछिल्लो मत परिणामअनुसार २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाउनु भएको छ ।
कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन्। दोस्रोमा स्थापितले ९०५६ मत ल्याएका छन् भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याएका छन्।