काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता लिनुभएको छ । सुरूवाती १०० मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिनुभएको हो । सिंहले ४८ भोट ल्याउँदै अग्रस्थानमा रहदा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ भोट ल्याएर पछ्याउदै हुनुहुन्छ ।
हालसम्मको ५८ हजार ८५० मत गणना हुँदा बालेनले २२ हजार ८४२ मत पाउनु भएको छ । उहाको प्रतिस्पर्धी नेकपामा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाउनु भएको छ ।