५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते
काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस २ सय ५६ पालिका जितेर पहिलो स्थानमा छ ।
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म १ सय ५७ वटा पालिकाको प्रमुख पद जितेको छ । नेकपा माओवादी केन्द्रले १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकामा जितेको छ ।जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ ।