कोर सिटिमा स्थापितको अत्याधीक मत
काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ ।
कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर २७ मा २०० मत गन्दा एमालेका केशव स्थापितको ११७ मत आउँदा स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३२ मत ल्याएका छन । त्यस्तै स्वतन्त्र उमेदवार सुमन सायमिले २१ मत ल्याएका छन भने काङ्ग्रेसकि सृजना सिंहले ७ मत ल्याएकी छिन ।