६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता
काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत ल्याएर फराकिलो अग्रतालाई कायमै राखेका छन । ६५ हजार बढी मतगणना हुँदा बालेनले फराकिलो अग्रता बनाएका हुन्।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले सात हजार ८६८ मत ल्याएका छन् । मतगणना जारी छ ।