७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै
काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय ६२ मत ल्याएर फराकिलो अग्रतालाई कायमै राखेका छन । ७५ हजार बढी मतगणना हुँदा बालेनले फराकिलो अग्रता बनाएका हुन्।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ३५९ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १५ हजार ०५७ मत ल्याएकी छन् ।