दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने


पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ रोपनी क्षेत्रफलमा बन्नेछ । चिडियाखानाले नगरपालिकाको मात्रै नभई समग्र दोलखाकै पर्यटन व्यवसायमा समृद्धि छाउने अपेक्षा नगरपालिकाको छ । चिडियाखानाको निम्ति गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनाको तयारी साथै चिडियाखानाका लागि ढोका, पर्खाल र स्टिल दृश्यावलोकन स्तम्भ लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको नगरप्रमुख भरत केसीले बताउनुभयो । चिडियाखाना क्षेत्रमा बाल उद्यानको पनि निर्माण गरिने छ । चिडियाखाना दृश्यावलोकन पैदल हिँडेर र गाडीमा चढेर पनि गर्न सकिने छ । साथै दृश्यावलोकन स्तम्भबाट पनि चिडियाखाना हेर्न सकिनेछ । चिडियाखानामा दुई हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा सजिलै बाँच्न सक्ने जीवजन्तु राखिनेछ । जीवजन्तुलाई खोरमा राख्नेभन्दा पनि खुला क्षेत्रमा आवश्यक क्रियाकलापका लागि वातावरण व्यवस्था हुने गरी चिडियाखाना निर्माण गरिने नगरप्रमुख केसीले जनाकारी दिनुभयो । चिडियाखाना निर्माण शुरुआत गर्न आउँदो आर्थिक वर्षका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग समन्वय गरेर बजेट थप गर्ने योजनका साथ अघि बढेको केसीले बताउनुभयो । उहाँका अनुसार चिडियाखानाका लागि रु १५ करोड ६० लागत लाग्ने अनुमान गरिएको छ । चिडियाखाना निर्माणका लागि दोलखावासीलगायतले सहयोग गर्नुपर्ने केसीले बताउनुभयो । अहिले खोरथली सामुदायिक वनमा बँदेल, कालिज, मृग, चितुवा, स्याल, दुम्सीलगायतका जङ्गली पशुपक्षी छन् ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई