काठमाडौं मतगणनाको ताजा परिणाम : बालेन धेरै अगाडि , सिंहलाई स्थापित पछ्याउदै
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार काठमाडौं महानगरमा मेयरका स्वतन्त्र प्रत्याशी बालेन साह (बालेन्द्र साह) ले ३८, ३३३ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।
पछिल्लो समय सिंहले स्थापितलाई उछिनेकी छन् । साह सुरुदेखि नै अगाडि छन् ।