काठमाण्डौ महानगरको १ लाख २६ हजार ५ सय मत गन्दा बालेन साह धेरै अगाडि
काठमाण्डाै जेठ ९ : काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४४ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।
महानगरको १ लाख २६ हजार ५ सय मत गन्दा बालेन साहले ४४ हजार १ सय ८० मत पाउनु भएको हो ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ८ सय ५५ मत पाउनु भएको छ भने एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार २२ मत पाउनु भएको छ ।