सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेबाट कल्पना कटुवाल विजयी


सर्लाही, ९ जेठ : सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा कल्पना कटुवाल र उपमेयरमा रामबाबु प्रसाद साह निर्वाचित हुनुभएको हो ।

कटुवाल १२ हजार २ सय ७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवान्नद महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो।

कटुवालले माओवादीका उम्मेदवार महतोले भन्दा ५ हजार ६ सय ७ मत बढी ल्याउनु भएको हो । त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार गङ्गा दाहालले ७ सात १ सय २९ मत ल्याउनुभयो ।

बरहथावा नगरपालिकाबाट मेयरमा निर्वाचित कल्पना कटुवाल सर्लाहीका एक मात्र महिला मेयर हुनुहुन्छ । बरहथवा नगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सर्लाहीको २० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी ९जसपा०ले दुई, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले एक र नेकपा एमालेले एक पालिका जितेको छ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई