७३४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलको कती जिते ?
काठमाडौं : बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत मंगलवार बिहानसम्म ७३४ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक भएका परिणाम अनुसार सबैभन्दा बढि कांग्रेसले ३२२ पालिका जितेको छ । त्यसमध्ये १३४ नगर प्रमुख जितेको छ भने १८८ गाउँपालिका अध्यक्ष जितेको छ । ४ वटा स्थानीय तहमा अग्रता कायम राखेको छ ।
यस्तै नेकपा एमालेले २०० पालिका प्रमुखमा जिते को छ । नगरपालिकाको प्रमुखमा ७७ र गाउँपालिका अध्यक्षमा १२३ स्थानमा एमाले विजयी भएको हो । एमालेले पाँच स्थानीय तहमा अग्रता लिएको छ ।
माओवादी केन्द्रले १२० ठाँउको पालिकामा प्रमुख जितेको छ भने २ ठाउँमा अग्रता लिइरहेको छ । माओवादीले २४ नगरप्रमुख जितेको छ भने ९६ गाउँपालिकामा नेतृत्व हात पारेको छ ।
यस्तै स्वतन्त्र र अन्य साना दलका उम्मेदवार ३० पालिका प्रमुखमा विजयी भएका छन् । जनता समाजवादी पार्टीले २९ पालिकामा जित निकालेको छ भने ३ पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले १८ पालिकामा जित निकालेको छ भने मतगणना भइरहेका १ पालिकामा अग्रता लिएको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिका प्रमुख जितेको छ ।