पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : मन्त्री बडू


 

काठमाडौं, १० जेठ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताउनुभएको हो । आज १५ विद्यार्थी संगठनले संयुक्त रुपमा बुझाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले सरकारले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न नसक्ने बताउनुभएको हो ।

आयल निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न नसकिने उहाँको तर्क थियो । मन्त्री बडुले अझैपनि निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एल.पी.ग्याँसमा प्रतिसिलिन्डर ८७९ रुपैयाँ ७५ पैसा घाटा ब्यहोरिरहेका बताउनुभयो । उहाँले विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको मनोनयन दर्ता

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ दर्शनमा

  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री हुनु भएकाहरू राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई