काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट उम्मेदवार हुनुभएको डंगोल विजय नजिकै पुग्नुभएको छ ।
२४ हजार ७७८ मतगणना बाँकी रहँदै डंगोल जित सुनिश्चित भएको हो । १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा डंगोलले ६० हजार ६७५ मत पाउनु भएको छ ।
डंगोल निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाउनु भएको छ । मतान्तर ३९ हजार ९८९ रहेको छ ।