पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयर मात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताउनु भएको हो ।
बैठकमा अध्यक्ष ओलीको सम्बोधन जारी छ ।