जाेरपाटी -सुन्दरीजल सडक सुधार गराउन नसक्दा साम्सद रामेश्वर फूयालले माफी मागे

प्रदेश ३ का साम्सद रामेश्वर फूयालले जाेरपाटी -सुन्दरीजल सडक सुधार गराउन नसक्दा माफी माग्नुभएको छ । उहाले आज “कारण जे जे भए पनि जाेरपाटी –सुन्दरीजल सडक सुधार गराउन नसक्दा,परिणाम देखाउन नसक्दा चिन्तित छौं र क्षमा माग्छौं । ८० कराेड रकम ब्यबस्था भएकाेछ । मुअावजाकाे बिषय मिलेकाे छैन । सडक सुधारकाे काम शुरु भयाे तर ३०० ट्रिप बेस खाेजी गर्दा काेहि छ भन्दैन ।

स्थलगत खट्दा समस्या सामग्रीकाे अभाब पनि देखियाे ।काेहि ब्याबसायिक महानुभाबले परल मूल्य लिएर सहयाेग गर्न सक्नु हुन्छ ?कुराले खाल्डा भरिएनन् बजारमा सामाग्रीकाे ठूलाे अभाब रहेछ । सहायक सडक बन्दैछन जनतामा खुशी पनि छ ।मुल सडक नबनेकाे अालाेचना खाने अन्तिम बर्ष यहि बर्षातलाई बनाउन पाए एउटा चुनौति पुरा हुनेछ ।प्रयास जारी छ । अालाेचना जायज छ ।अालाेचनाकाे बाढीनै छ । शिक्षाकाे रुपमा लिएका छौं ।तीनै तहका सरकार र जनताकाे साझा अभियान बनाअौं ।” भन्दै आफ्नो फेसबुकमा लेख्नु भएको छ ।