निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछी एमालेका महासचिव पोखरेलको आयो यस्तो ट्विट



काठमाडौं, जेठ १२ : बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछी नेकपा (एमाले)का महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले नीजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणवाट गलत भएको बताउनु भएको छ् ।
पोखरेलले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

आज निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय सर्वाेच्चले बदर गरेको थियो । सर्वाेच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले निजगढ बिमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको थियो । वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दैसर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको हो ।

पोखरेलको ट्विट

 

नीजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणवाट गलत छ । कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सकृयताको गलत वाटो हो । यस निर्णयले फास्टट्र्याकमा भएको लगानीलाई समेत डुवाउने छ र मुलुकलाई आर्थिक संकटमा फसाउने छ । गम्भीर र जिम्मेवार वनौ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई