छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ


अछाम, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएस/ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि चिनाउने बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ ।

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने अध्यक्ष ओलीको दाबी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा

२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई