सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप


नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो ।

सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा भएको र सो विषयमा दक्ष चिकित्सक भएका कारण अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनीअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलिएको छ । कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापनाकालदेखि हालसम्म ५४५ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७२ मा स्थापना भएको उक्त उपचार केन्द्रमा विसं २०७३ मा १०३ महिला र ७० पूरुष गरी १७३, विसं २०७४ मा ९९ महिला र ६१ पुरुष गरी जम्मा १६० तथा विसं २०७५ मा ९६ महिला र ७४ पुरुष गरी जम्मा १७० जनाको उपचार भएको छ । त्यस्तै विसं २०७६ असार १९ गतेसम्म २७ महिला र पुरुष १५ गरी जम्मा ४२ को उपचार गरिएको छ । त्यस्तै कञ्चनपुरको अर्जुनीमा देवीदल गणले विसं २०७१ देखि खोलेको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७०७ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी राजु बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७१ मा १९ महिला र १८ पुरुष गरी ३७, विसं २०७२ मा २५ पुरुष र ७७ महिला गरी १०२, विसं २०७३ मा २२ पुरुष र ४५ महिला गरी ६७, विसं २०७४ मा ५३ पुरुष र १२० महिला गरी १७३, विसं २०७५ मा ४९ पुरुष र १५१ महिला गरी २०० तथा विसं २०७६ असार मसान्तसम्ममा ४१ पुरुष र ८४ महिला गरी १२५ जनाको उपचार गरिएको छ । उपचार गर्न आएकाहरुमध्ये ७३ को सो अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिस गरिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसक्दा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेतजस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा सर्पदंश उपचार केन्द्र लैजान नसक्दा बिरामी मृत्युको मुखमा पुग्ने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताउनुभयो । गर्मीयाममा प्रायः सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गर्न शौचालय गएका बेला सर्पले डस्ने गरेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ को मृत्यु भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी छ जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्करूपमा वितरण गर्ने एण्टीस्नेक भेनम राखिएका यहाँका कतिपय अस्पतालमा पनि उपचार सेवा भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । प्रदेश सरकारले सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र राख्न चासो नदिएका कारण यहाँका सर्पदंशका बिरामीको अकालमै ज्यान जान थालेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई