७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
र्घाखाँची, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-७ बामरुक कोईराल टोल बस्ने ३५ वर्षीय कमल महतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महतले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हंशपुर अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।