यो सरकारको म्याद पाँच महिनाको भए पनि ‘स्वर्ग पुर्‍याउने’ कुरा बजेटमा गरेको छ : विष्णु पौडेल


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेर आगामी चुनावमा मत बटुल्ने खालको मात्रै ल्याएको बताउनु भएको छ ।

उपाध्यक्ष पौडेल भन्नुभयो, ‘यो सरकारको म्याद पाँच महिनाको भए पनि ‘स्वर्ग पुर्‍याउने’ कुरा बजेटमा गरिएको छ । स्वर्ग बनाइदिन्छु भनेर हावादारी कुरा गरेको छ ।’

यो सरकारले चुनावका लागि आवश्यक बजेट र नियमित खर्चको व्यवस्था भन्दा पर सोच्न नहुने उपाध्यक्ष पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सरकारले चुनावका लागि आवश्यक खर्च छुट्याएको छु, चालु आयोजनालाई निरन्तरता दिएको छ । दैनिक प्रशासनिक तर्फ आवश्यक बजेट व्यवस्था गरेको छु भन्नुपर्ने हो ।’

उपाध्यक्ष पौडेल भन्नुहुन्, ‘मुलुक आर्थिक संकटमा छ । मुलुकलाई आर्थिक लयमा फर्काउने कुरा छोडेर कर्णाली नदी र कोशी नदी जोड्ने हावादारी कुरा गरेको छ ।’

वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, ८ प्रतिशत आर्थिक वृद्धिदर जस्ता हावादारी कुरा बजेटमा राखिएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘स्रोत र खर्चको व्यवस्था पनि हचुवा छ । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल छैन । प्राथमिकता भुलेको छ।’

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई