मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ


पर्सा, मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका-१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३ जोगीवडा टोल ठेगाना भएका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका सखुवासभा खाँदवारी नगरपालिका-१० ठेगाना भएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।

सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगंज बोलाई बसपार्कस्थित एक होटलमा लगि पटकपटक करणी गरेपश्चात् जेठ ९ गते वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई आफू भागी फरार भएका थिए । जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई