एमालेका तीन नेता निलम्बित
काठमाडौं, जेठ १८ । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको भन्दै तीन जनालाई कारबाही गरेको छ । चुनावको बेला भएको अडिओ रेकर्डका आधारमा उनीहरुलाई कार्वाही गरेको हो ।
कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो । आफूलाई राजीव पहारीको स्वकीय सचिवसमेत बताउँदै एमाले उम्मेदवार हराउन भूमिका खेलेको एमाले कास्कीको भनाइ छ । एमाले कास्कीले मनोजलाई संगठित सदस्यबाट लिनम्बन गरेको छ ।