अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं महानगरपालिका-२६ स्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाइजेपाम ४० एम्पुल,  फेनारगन ५० एम्पुल र नगद १५ हजार रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका-५ ठेगाना भएका ५२ वर्षीय प्रकाशमान धौबन्जारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । साथै उनको डेराकोठा तलासी गर्दा थप बुप्रेनोर्फिन ६० एम्पुल, डाइजेपाम ५३ एम्पुल र फेनारगन ४६ एम्पुल प्रहरीले फेला पारी बरामद गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-३ ठेगाना भएका २८ वर्षीय निराजन लामिछानेलाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध रौतहट चन्द्रपुर नगरपालिका-८ ठेगाना भएका ३८ वर्षीय समिर कुमार पोखरेल र बारा निजगढ नगरपालिका-१२ ठेगाना भएकी  सिमा पोखरेल भन्ने पम्फा बिकसँग खरिद गरेको भन्ने खुल्न आएपछि उनीहरुलाई काठमाडौं महानगरपालिका-३२ निखिलेश्वरबाट पक्राउ गरेको हो । पम्फा बिकको साथबाट थप २ सय ८० मिलिग्राम अवैध लागूऔषध हेरोइन र उनीहरुको डेराकोठाबाट नगद २ लाख २० हजार रुपैयाँ, कारोबार गरेको आईएमई रसिद ४ थान र बैंकमा रकम जम्मा गरेको भौचर २ थान प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-११ स्थितबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ७७ एम्पुल, डाइजेपाम १ सय ८० एम्पुल र फेनारगन २ सय २४ एम्पुल सहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका-६ ठेगाना भएका ५२ वर्षीय सोम रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बारा कलैया उपमहागरपालिका-१२ ठेगाना भएका ३१ वर्षीय शेषनाथ महतो धानुकसँग खरिद गरेको भन्ने खुल्न आएपछि लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट उनलाई समेत पक्राउ गरेको छ ।

धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट करिब ९ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सहिदभूमि गाउँपालिका-२ बस्ने २० वर्षीय उपेन्द्र बिसुंखेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । छिन्ताङबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३३२३ नम्बरको बोलेरो गाडीलाई प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेक हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ ।

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने अध्यक्ष ओलीको दाबी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा

२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई