लागूऔषध सहित पक्राउ
मकवानपुर, हेटौंडा उपमहानरगपालिका-१९ बस्तीपुरबाट नियन्त्रित लागूऔषध एकसय एमएलको ३४ पिस वानरेक्स सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय रबि घलान र ३० वर्षीय बिनोद बल रहेका छन् । उक्त स्थानमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।