कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ


काठमाडौं,  चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका-८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । सोही नगरपालिका-३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । साथै मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई