समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो : सांसद अधिकारी
काठमाडौं, १९ जेठ । एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै भन्नुभएको हो । उहाले २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ?
स्पष्ट नभएको बताउँदै उनले यो देखावटीका लागि गरिएको दाबी गर्नुभयो । ‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भन्नुभयो । बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उहाँको भनाइ छ ।
उहाँले अहिले सेयर बजार राताम्मे भएको बताउनुभयो । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।