आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो : अध्यक्ष ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बनेको बताउनु भएको छ ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो- ‘जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’