कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुनुपर्ने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह


काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधिको साथै सामाजिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनको लागि कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरू कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

 नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहात १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, मातहत ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । तस्करी, प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले दण्ड र पुरस्कारमा आफू निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरू कुनै पनि आपराधिक गतिविधिमा संलग्न नहुने गरी काम कारवाही गर्न निर्देशन दिनुभयो । हालै एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहात १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण, स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी. लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई