एमाले महासचिव शंकर पोखरेलको यस्तो आयो स्टाटस


 

काठमाडौं-माधव नेपाल र प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आइरहेको बताइरहदा एमाले महासचिव शंकर पोखरेलले आफुहरु सरकार परिवर्तनको खेलमा नलागेको स्पष्ट पार्नुभएको छ ।
केहीदिन यता नेपाल र प्रचण्डले विभिन्न कार्यक्रममा एमालेप्रति संकेत गर्दै आफूहलाई प्रधानमन्त्रीको अफर आएको बताउदै आउनु भएको छ । महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै एमाले अहिले सरकारको परिवर्तनको खेलमा नभएको स्पष्ट पार्नुभएको हो । उहाँले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटीरहेको उल्लेख गर्नुभएको छ ।
पोखरेलको स्टाटस
‘यतिबेला नेकपा (एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई