एमालेमा विभाग गठनलाई तिव्रता, कुन विभागमा को को परे ?
काठमाडौं, जेठ २१ । नेकपा एमालेको १० औं महाधिवेशनपछि गठन हुन बाँकी रहेका विभिन्न विभागहरुको गठन सुरु भएको छ । पार्टीले १२ वटा विभागमा विभिन्न नेता कार्यकर्तालाई हालै जिम्मेवारी दिएको हो ।
गत वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभागमा विभिन्न सदस्यहरुको मनोनयन गर्ने निर्णय गरेपछि सावर्जनिक गरिएको थिएन । पार्टी महासचिव शंकर पोखरेलले १७ जेठमा विभागमा मनोनयन गरिएको नेता कार्यकर्ताको नाम सावर्जनिक गर्नुभएको हो ।