जनतासँग प्रधानमन्त्री कार्यक्रम– सरकारका उपलब्धि जनतामाझ पुर्याउन सहज थियो : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पुर्याउन सहज भएको बताउनुभएको छ ।

‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताउनुभयो ।

“यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उक्त कार्यक्रम हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षसम्ममा ५० अङ्क प्रसारण भएको थियो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रसारण समापन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई