रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
काठमाडौं २२ जेठ, : परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ भने करिब ३ दर्जन यात्रु घाइते भएका छन ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । घाईतेहरूको भैरहवाको भीम अस्पातलमा उपचार भाई रहेको छ ।