अवैध लागूऔषध सहित पक्राउ


कैलाली, टिकापुर नगरपालिका-४ मौरनिया बस्ने २२ वर्षीय जीवन शाह र जानकी गाउँपालिका-६ जगतपुर बस्ने २२ वर्षीय ललित कडायतलाई करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । सोही नगरपालिका-१ स्थित जीवन शाहको निर्माणाधिन ग्यारेजमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई ग्यारेजमा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ शान्तिनगरस्थित सुग्रिम होटल एन्ड फास्ट फुट होटलबाट करिब २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय रमेश पुनमगर र रुकुम पूर्व उत्तरगंगा गाउँपालिका-७ बस्ने २० वर्षीय बिशाल बुढामगर रहेका छन् । उक्त होटलमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले बिशालको साथबाट ९ सय १० मिलिग्राम र रमेशको साथबाट १ ग्राम १ सय २० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको मनोनयन दर्ता

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ दर्शनमा

  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री हुनु भएकाहरू राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई