नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलले बर्खास्ती पछी यस्तो लेखे स्टाटस



काठमाडौ -सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो। बर्खास्तपछी पौडेलले आफूले गर्न खोजेको काम बारे सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्नु भएको छ ।

हेर्नुस पौडेलको स्टाटस

मैले गर्न र भन्न खोजेको यत्ति थियो :
1) निगम अहिलेको तरिका र मनस्थितीले चल्दै चल्दैन, सुध्रौ़ र सुधारौं ।
2) नेपाल सरकारको बहुमत (५१%) कायम राखेर कम्पनि मोडलमा जांउ
3) ३० प्रतिशत बिदेशी लगानीकर्तालाई दिंउ
4) ५ प्रतिशत कर्मचारीलाई दिंउ
5) १४ प्रतिशत IPO निकालेर सर्वसाधारण लाई दिंउ
6) सन्चालक समितिमा लगानी नगरेका एकजना पनि नराखौं (राजनैतिक नियुक्ति नगरौं)
7) प्रमुख कार्यकारीको नियुक्ति खुल्ला प्रतिश्पर्धा बाट गरौं ट्रेड युनियनहरुलाई आफ्ना हकहित र अधिकारको कुरा गर्नमा फोकस गराउं।
9) अहिलेको ९.७५ % को ऋणलाई बिदेशी बैंकहरुबाट ३% भन्दा कममा ल्याउं।
10) आन्तरिक उडानमा निजि क्षेत्रको एकाधिकार रोक्न कम्तिमा ४ वटा ATR र ४ वटा नयां ट्विनअट्टर र ४ वटा न्यारोबडी बिमान ल्यांउ। अष्ट्रेलिया र कोरिया जस्ता देशहरुमा तत्त्काल उडान सुरु गरौं।
11) अनलाईन टिकटिङ तत्काल सुरु गरौं । टिकटमा कार्टेलिङ र सिन्डिकेट अन्त्य गरौं।
12) निगमलाई स्वतन्त्र ब्यावसायिक र प्रतिश्पर्धात्मक संस्थाको रुपमा बिकाश गरौं।
नेकपा एमाले को सरकारको पालामा यो सब योजनाले मुर्त रुप लिंदै थियो। नयां सरकार आयो, नयां मन्त्री आए । पुरानो भिजन र भिजन मेकर हटाईए। बस्। त्यत्ति हो।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई