विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने : उपराष्ट्रपति


ललितपुर, २७ चैत (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उहाँले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देश अहिले समृद्धिको बाटोमा अघि बढेको औँलाउनुभयो । नेपाली जनतामा छोटो समयमा नै खुशी र सुखी हुन पाइयोस् भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका यी अपेक्षा पूरा गर्नका लागि सङ्घीय सरकारसँगै स्थानीय सरकार र प्रदेश सरकार पनि लाग्नुपर्छ ।” सरकारको समृद्धिको नारा साकार बनाउन नेपालमा पर्याप्त स्रोत भएको उपराष्ट्रपति पुनले औँल्याउनुभयो । भ्रष्टचार र अनियमितता देशको प्रमुख समस्याका रुपमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भ्रष्टाचार कम हुन नसक्दा त्यसको असर सबै क्षेत्रमा परेको छ । उहाँले भन्नुभयो, “भ्रष्टचारकै कारण अहिले विकासका लागि छुट्याइएको बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता पम्फा भुषालले यस क्षेत्रमा पर्यटनको विकास गर्न आवश्यक भएको बताउनुभयो । पर्यटनको विकासले यहाँका उत्पादनको बजारिकरणको समस्या समेत हल हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्र दुबै मिलेर लाग्नुपर्छ ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर सङ्कलनका लागि सङ्घले महानगरपालिकालाई सहयोग गर्नुपर्ने बताउनुभयो । विश्व कला परिषद्ले ललितपुरलाई कला नगरी घोषणा गर्नु यहाँको विकासका लागि महत्वपूर्ण भएको उहाँले प्रष्ट पार्नुभयो । सङ्घले वर्षेनी सङ्घको स्थापना दिवसको अवसरमा मेलाको आयोजना गर्दै आएको अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । जिल्लाभरमा रहेका स्थानीय उत्पादन र व्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्मै प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष पनि मेलालाई निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई