कटुवा पेस्तोल र गोली सहित पक्राउ
सुनसरी, हरिनगरा गाउँपालिका-४ स्थित सोनु मेहताको घरमा बस्ने निजको ज्वाइँ नाता पर्ने भारत घर भएका २७ वर्षीय ओम प्रकाश पाललाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलको गोली ३ राउण्ड सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।