अवैध लागूऔषध सहित पक्राउ


कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीबाट करिब २० ग्राम ४१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २० हजार रूपैयाँ सहित धनगढी उपमहानगरपालिका-३ मिलनचोक घर भई डोटी जोरायल गाउँपालिका-२ बुडरस्थित होटल सञ्चालन गरी बस्ने ४५ वर्षीय प्रेम कुमार रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

से.१ च ६२९ नम्बरको बोलेरो जिपलाई प्रहरीले जाँच गर्ने क्रममा जिपका चालक रेग्मीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछको क्रममा उक्त लागूऔषध कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने ४८ वर्षीय दुग्गड भन्ने तेज बहादुर खड्काबाट १ लाख २० हजार रूपैयाँमा खरिद गरेको भन्ने खुल्न आएपछि तेज बहादुरलाई समेत कैलाली गोदावरी नगरपालिका-३ चौकीडाडामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको छ । साथै तेज बहादुरको घर तलासी गर्दा नेपाली एकहजार दरका नक्कली जस्ता देखिने ५ थान नोट, डिजिटल तराजु १ थान फेला पारी प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सर्लाही, कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भाइ अमरकान्त

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई