एमालेमा निर्वाचनको समिक्षा सुरु , केही उपल्लो तहका नेतालाई स्पष्टिकरण सोध्ने तयारी



काठमाडौं जेठ २७ नेकपा एमालेले औपचारिक रुपमा चुनावी समिक्षा सुरु गर्ने भएको छ ।
पार्टी स्रोतका अनुसार स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर पार्टीको उपल्लो कमिटी सचिवालयको बैठकमा छलफल हुने भएको हो । बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ । महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ ।
केन्द्रीय कार्यलय बैठकको भोलीपल्ट पार्टी सचिवालयको बैठक बस्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा हुने बैठकमा स्थानीय तहको निर्वाचनमा भएका हारजितको विस्तृत समिक्षा हुने सचिवालयका एक नेताले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गम्भिर अन्तरघात भएको बताइसक्नु भएका कारण अबको बैठकको निशाना अन्तरघातीको पहिचान र कारबाहीमा केन्द्रित हुन सक्ने ति नेताले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार केन्द्रीय कार्यलयको बैठक जेठ २९ र सचिवालयलको बैठक जेठ ३० गतेलाई तय भएको यो बेलालाई जानकारी दिनुभयो । सचिवालय बैठकले आवश्यकता ठानेमा स्थायी र केन्द्रीय कमिटीको बैठक पनि बोलाउने नेताहरुले जनाएका छन् ।
सचिवालय बैठकको भोलीपल्ट पार्टी अनुशासन आयोगको बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ । पार्टी निकट स्रोतका अनुसार यस पटक बस्ने अनुशासन आयोगको बैठकले केही उपल्लो तहका नेतालाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । अध्यक्ष ओलीको परामर्शमा आयोगले यो कदम चाल्न लागेको हो । यस अघि पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई आयोगले कारबाहीको सिफारिस गरेको छ । देशका विभिन्न स्थानीय तहमा जित्ने आधार हुँदाहुँदै पनि हार्नु आफ्नै पार्टी भित्रको अन्तरघातलाई कारण मानिएको छ । अध्यक्ष ओलीले भरतपुर, पोखरा महानगर महानगरपालिकाकोे हारलाई गम्भिरतापूर्वक लिएको निकटस्थहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई