‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा काठमाडौं महानगर प्रमुख शाहको ‘लन्च मिटिङ’
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँग छलफल गर्न थाल्नु भएको छ । यसैसन्दर्भमा आज मेयर शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग भेट गर्नु भएको छ ।
वडा नम्बर १६ का अध्यक्ष रिजालकै घर बालाजुमा भेट्न पुग्नुभएका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाही बारे सुझाव माग्नु भएको थियो । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।