आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खला, नेपालले अन्तिम दुई बलमा दुई विकेट लिदै गर्‍यो बराबरी


काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ ।

अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरी भएको हो । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयाे र १-१ अंक जाेडे ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरे पनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।

अमेरिकालाई अन्तिम दुई बलमा एक रन जितको लागि चाहिँएको थियो । तर, अन्तिम दुई बलमा नेपालले विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई