गठबन्धनलाई हराउँदै जिसस बारामा एमालेको प्यानल बिजयी : प्रमुखमा साह, उपप्रमुखमा सापकोटा निर्वाचित


बारा जिल्ला समन्वय समितिमा नेकपा  एमालेको र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ।

सोमबार सम्पन्न निर्वाचनमा जिल्ला जिल्ला समन्वय समिति प्रमुखमा एमालेबाट उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित हुनु भएको छ ।

साह कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्पसंख्यक सदस्य हुन् । उहाँका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी चण्डिका सापकोटाले १७ मत प्राप्त गरी विजयी हुनु भएको छ । सापकोटाको प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पवनकुमार व्याहुतले १५ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित चण्डिका गत स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका-९ बाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दल र एमाले लोसपा बीच तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले एकता गरेपछि जसपा र विवेकशील साँझा पार्टी निर्णायक बनेका थिए । सबैभन्दा बढी पालिकामा जितेर जिल्लामा पहिलो बनेको नेकपा एमालेले जसपा र विवेकशीलसंग एकताको प्रयास भए पनि अन्त्यमा हुन भने सकेको थिएन ।

समन्वय समितिको निर्वाचनमा एमालेसँग ११ मत, नेपाली कांग्रेससँग ८ मत, लोसपासँग ६ मत, जसपासँग ४ मत, विकेकशील साझासँग २ मत, माओवादी केन्द्रसँग १ मत थियो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई