एक सय १३ गोटा कछुवा सहित पक्राउ


पर्सा, वीरगञ्ज महानगरपालिका-१६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ गोटा वन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा कछुवा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आनन्दलाललाई झोलामा लुकाइ डिक्कीभित्र ल्याउँदै गरेको उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो ।

आनन्दलाललाई उक्त कछुवा र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई