बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७७ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १० लाख ५० हजार रुपैयाँ जरिवाना र विगो रुकम १० लाख ५० हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने  सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ४७ वर्षीय भिम बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १८ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो । ज्योति विकास वैंक लिमिटेड जोरपाटी शाखामा रहेको तामाङको खातामा पर्याप्त मौज्दात रकम नभएकोमा रकम भुक्तान हुने भनी जानी-जानी पीडितलाई झुक्यानमा  पारी २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई  फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा  पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई