आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार राति भएको खेलमा ओमानमाथि नेपालको शानदार जित


 

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटको शानदार जित हात पारेको छ।
जितको लागि पाएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा १६७ रन बनाएर पूरा गरेको हो।
अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १६३ रन बनाएको थियो। ओमानका लागि जीसन मक्सुदले सर्वाधिक ५२ रनको पाली खेले। त्यस्नै सन्दीप गोउदले ४७ रन बनाए।
ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १ १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पाली खेलेका थिए।
कुशलले ५६ रन बनाए भने आसिफले ६२ रनको पाली खेले। देव खनालले १० रन बनाउँदै रोहित पौडेल २६ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले अविजित ६ रन बनाए।

यससँगै लिगको तालिकामा नेपाल पाँचौं स्थानमा उक्लिएको छ। नेपालले १५ खेलबाट समान १५ अंक हात पारेको छ।

आज सोही मैदानमा नेपालले अमेरिकाको सामना गर्दै छ। उक्त खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई