जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनु पर्छ : राष्ट्रपति भण्डारी


 

काठमाडौं असार १ : राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ । आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गर्नुभयो । उहाँले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताउनुभयो ।

ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताउनुभयो । उहाँले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोही अनुरुप कर्तव्यपालन गर्न सक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गका रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताउनुभयो । देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ । यसका साथै लोक सेवा आयोगले सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्शसमेत प्रदान गर्दै आएको छ ।

राष्ट्रपति भण्डारीले मुलुकको आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता तथा गोपनीयता लगायतका मुख्य सिद्धान्तमा आधारित भई कार्यसम्पादन गर्दै आएको र त्यसले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताउनुभयो ।समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिनुभयो । उहाँले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सो सरहका पदहरुमा दुईजना विज्ञबाट अलग अलग रुपमा दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सो सरहको पदका उत्तरपुस्तिका तथा सङ्गठित संस्थातर्फका नवाँै वा सोभन्दा माथिका पदका परीक्षाका उत्तरपुस्तिका आयोगमा नै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको जानकारी दिनुभयो । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले स्वागत मन्तव्य राख्नुभएको समारोहमा सदस्य माधव वेल्बासेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो क्रममा उत्कृष्ट कर्मचराीलाई पुरस्कृत गरिएको थियो भने लामो समयसम्म आयोगमा सेवा गर्नुभएका आयोगका पूर्वसदस्य गौरीलाल दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आयोग विसं २००८ असार १ गते गठन भएको थियो । नेपालको सबैभन्दा जेठो संवैधानिक निकाय उक्त आयोगले सोही साल भदौ १८ गते पहिलो पटक छ पदका लागि विज्ञापन गरेर कार्यारम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई