प्रधानमन्त्री शेरबहादुर देउवाले आज सङ्घीय संसदमा सम्बोधन गर्ने


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सङ्घीय संसदमा सम्बोधन गर्नुहुने भएको छ ।
प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही असार २ गतेका लागि समय निर्धारण गरिएको हो ।

बुधबारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा हिजो राति ९:३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराउनुभएको हो।

सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरूले जवाफ दिइरहनुभएको छ ।

आज नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसद्मा जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे बस्दै छ ।

आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई