एमाले पोलिटब्यूरो सदस्य सुर्य थापाको आयो कडा स्टाटस



काठमाडाैँ असार २ : नेकपा एमालेका स्थायी कमिटी सदस्य धनश्याम भुसालको आत्मनिन्दन प्रवृतिमाथि एमालेकै पोलिटब्यूरो सदस्य सूर्य थापाले कडा प्रहार गर्नुभएको छ । बुधबार काठमाडाैँमा एक कार्यक्रम गरेर पार्टी नेतृत्वको विरूद्धमा विषवमन गरेपछी थापाले बिहीबार बिहानै सामाजिक सञ्जालमा कडा स्टाटस लेख्दै प्रहार गर्नुभएको हो .

हेर्नुस थापाको स्टाटस

आदरणीय घनश्याम भुसालजीले नेकपा(एमाले)स्थायी कमिटी सदस्यकाे मर्यादाविपरित सार्वजनिक गरिरहनुभएका अभिव्यक्तिहरू मूलत: विगतमा पार्टी कब्जा गर्न उद्दत, विभाजनकारी र एमालेविराेधी तत्वहरूलाई खुशी पार्ने काेटीका छन्। याे उहाँको आत्मनिन्दाकाे विनाशकारी रवैया र ‘सत्यनाश’काे तरिका हाे।
कमसेकम रूपन्देहीमा आफ्नाे निर्वाचन क्षेत्रमा मात्रै विजय हासिल गरेर काठमाडौं आई पार्टी कमिटीभित्र नेतृत्वमाथि ओैंला तेर्स्याउने धृष्टता गरेकाे भए त्यसलाई आत्मसमीक्षाकाे काेशिस भन्न मिल्थ्याे हाेला। २०७७ पुस ५ पछि आफ्नाे पार्टीकाे नेतृत्वको सरकार ढाल्न राष्ट्रपति र सर्वाेच्च अदालतसम्म हस्ताक्षर गर्दै हिडेडुलेर देउवालाई प्रधानमन्त्री बनाउन बदनाम भूमिका निर्वाह गरेकाेप्रति एक शब्द आत्मालोचनासम्म गरेकाे भए, बर्षामान लहरमा बसेर सरकारबाट बाहिरिएकाे घाेषणा गरेकाेप्रति पश्चात्तापसम्म गरेकाे भए तपाईं सुन्नलायकसम्म हुने अवस्था बाँकी रहन्थ्याे। त्यतिबेला तपाईं मन्त्री हुनुअघिका यस्तै भाषणबाजी र मन्त्रीकाे हैसियतमा तपाईंको कार्यसम्पादनकाे दुरूहस्थिति र सीमा मात्रको तुलना गरेर आफैलाई हेर्नु र आत्मनिन्दाकाे यस्ताे बाटाे छाडेर सुध्रिनु उपयुक्त देखिन्छ।
पार्टी त धुलाे टक्टक्याएर उठ्छ र अघि बढ्छ, तपाईंचाहिँ प्रचण्ड र माधव नेपालसंग वामपन्थी एकताको राग अलाप्दै र आफ्नाे नेतृत्वविरूद्द हवाई फायरिङ गर्दै एक साताव्यापी हाेइन, एक बर्ष त यसरी नै समय बेकारमा बिताइसक्नुभयाे, बाँकी जीवनव्यापी माफी अभियान नै संचालन गरेर समय बिताउन सक्नुहुन्छ । १० बुँदेकाे लिस्नाे चढेर बरालिएकाे अवस्थाबाट पार्टीमा त फर्किनुभयाे, तर अहिले त्यसलाई बिर्सिसक्नुभयाे,अनि पार्टीको महाधिवेशनलाई समेत तपाईं साैराहा काण्ड भन्दै लाञ्छित गर्दै हुनुहुन्छ, जसकाे सारा प्रक्रियामा सहभागी भई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर आजकाे नेतृत्वदायी हैसियत पाउनुभएकाे छ। खासमा तपाईं अब कहाँबाट सम्हालिएर अघि बढ्नुहुन्छ? कि अरूकाे हित एवं आफ्नो पार्टीको अहितमा नेतृत्वविरूद्द बर्बराउनु तपाईंको मार्क्सवादी तरिका हाे ?
अहिलेलाई यत्ति प्रश्न मात्र !

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई