एमालेका स्थानीय तहका प्रमुख उपप्रमुखलाई आजबाट प्रशिक्षण दिने, कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले गर्ने



काठमाडौं असार २ : नेकपा एमालेको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि दिने भएको छ ।

आज बिहान ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

कार्यक्रममा अध्यक्ष ओली,महासचिव इश्वर पोखरेल ,उपमहासचिव प्रदिप ज्ञवाली लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । यसैगरी केही विज्ञहरुले समेत प्राविधिक विषयमा प्रशिक्षण दिने केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
जनप्रतिनिधीहरुलाई पार्टीको घोषणा पत्र स्थानीय तहमा कसरी कार्यान्वयन गर्ने,आचार संहिता पालना गर्ने,सुशासन कायम गर्ने,नीति कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनु पर्ने लगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

प्रशिक्षणमा पार्टीबाट जितेका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई