एमालेका उपमहासचिव विष्णु रिमालको कडा स्टाटस


काठमाडौं -नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एसपीपी केपी ओली प्रधानमन्त्री हुँदा अघि बढेको भन्ने प्रचण्डको भनाइप्रति कडा टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त टिप्पणी गर्नुभएको हो । प्रचण्डतिर लक्षित गर्दै रिमालले काँक्रो आफु खाने,बियाँ अर्काको गालामा टाँसिदिने ? भनेर प्रश्न गर्नुभएको छ । केपी ओलीको अडानप्रति चिडिएको एउटा पंक्ती सदैव उहाँको निष्ठामाथी प्रश्न गर्न र आक्रमण गर्न क्रियाशिल रहेको रिमालको भनाइ छ ।
सञ्चार माध्यममा आएको १० बुँदे एसपीपी सम्बन्धी प्रस्ताव सही हो भने सरकारले जवाफ दिनु पर्ने र नक्कली हो भने संसदलाई आस्वस्त पार्नुपर्ने रिमालको माग छ । रिमालले सामाजिक सञ्जालमा यस विषयमा यस्तो लेख्नुभएको छ ।
काँक्रो आफु खाने, अनि वियाँ चाँहि अर्काको गालामा टाँसी दिने अति भो है महोदयहरू
सार्वभौमसत्ता, भौगोलिक अखण्डा, राष्ट्रियता र देशप्रेमको मामिला एमाले अध्यक्ष केपी शर्मा ओलीको अविचल अडानप्रति चिडिएको एउटा पङ्ति सदैव उहाँको निष्ठामाथि प्रश्न गर्न र आक्रमण गर्न कसरी सकिन्छ भन्नेमा क्रियाशील देखिन्छ ।
प्रचारमा आएको प्रधानमन्त्रीको संभावित अमेरिका भ्रमणको बेला गुपचुप संझौता हुन लागेको भनि चर्चामा रहेको स्टेट पार्टनरशीप पोग्राम प्रति एमालेले प्रश्न ग¥यो–के यसमा हाम्रो देशले सहभागिता जनाउन हुन्छ ?
जवाफमा नेकपा एमालेका अध्यक्ष सहित सिङ्गो पार्टी पङ्तिले एक स्वरमा भन्यो, हुन्न । मिडियामा प्रचारित १० बुँदे संझौता प्रस्ताव सही हो भने सरकारले जवाफ देओस्, त्यो नक्कली हो भने आशंका अन्त्य हुने गरी सदनलाई आस्वस्त पारियोस् ।
एमालेको यस धारणाप्रति पहिले गठबन्धन वालाहरुले ‘ हैन, हुँदै नभएको कुरा ‘ भने । अमेरिकी नियोगबाट पनि संझौता भएको छैन, तयारी छैन ‘ १० बुँदे प्रस्ताव तयार गरिएको हैन । तर एसपीपीमा संलग्नताको कुरा हाम्रो हैन नेपालको अनुरोध हो । जस्ता अन्तरबिरोधी धारणा सार्वजनिक भयो ।
यतिखेर हैन, छैन भन्ने सत्ताधारी नेताहरु ‘यो त केपी ओली प्रधानमन्त्री हुँदा अघि बढाएको हो । हामीले मुलुक जोगायौं । एमालेको राष्ट्रवाद देखियो’ भन्ने जस्ता ‘डिस्इन्फरमेशन’ फैलाउन व्यस्त छन् ।
दुई राष्ट्रबीच कुनै सन्धी सम्झौता हुँदैछ भने त्यसको श्रृंखलावद्ध पत्र आदान प्रदान हुन्छ । त्यसको अर्काइभिङ्ग सम्बन्धित निकायमा हुनुपर्छ, हुन्छ नै । त्यसलाई सार्वजनिक गरे कुनै भ्रमको तुवाँलो बाँकी नै रहन्न । तर गठबन्धन र यसका मतियारहरुलाई जनतामा सही सूचना प्रेषित गर्नु छैन । त्यसको ध्याउन्न नै प्रतिष्पर्धी एमालेलाई लाञ्छना लगाउनुमा छ ।
चर्चामा रहेको विषयको आधिकारिक तथ्य सम्बन्धित निकायले नै सार्वजनिक गर्लान्, यहाँ भ्रम सिर्जना गर्न प्रचारमा ल्याइएका केही तिथि, मिति र घटनालाई क्रममा राखिएको छ । यसले काँक्रो खाएर अर्काको गालामा वियाँ टास्ने बानी परेकाहरुको दुस्ट्याँइलाई स्पष्ट पार्नेछ ।
–– १० सेप्टेम्बर २०१५ तदनुसार २०७२ भाद्र २४ गते । नयाँ प्रधानसेनापति बहाल भएको दिन । जङ्गी अड्डाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताको सन्दर्भमा अमेरिकी राज्यबाट प्राप्त पत्रमा सरकारको सहमति वा असहमती के छ– त्यसको निर्देशनको लागि पत्राचार ग¥यो । प्रधानमन्त्री सुशील कोईराला हुनुहुन्थ्यो।
–– ३० सेप्टेम्बर २०१५,२०७२ असोज १३ गते । २० दिनपछि रक्षा मन्त्रालयले जङ्गी अड्डालाई यसप्रति सकारात्मक रहेको पत्राचार ग¥यो ।
–– सरकार परिवर्तन भयो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री नियुक्त ।
–– २७ अक्टोबर २०१५, २०७२ भाद्र २४ गते । नयाँ प्रधानमन्त्री नियुक्तिको १५औं दिन । प्रधान सेनापतिले असोज १३ गतेको रक्षा मन्त्रालयको पत्रको आधारमा ‘एज अथोराइज्ड वाइ द गर्भमेन्ट अफ नेपाल ‘ भन्दै नेपाली सेना एनजी एसपीपी ,नेशनल गार्ड स्टेट पार्टनरशीप प्रोग्राममा सामेल हुने अनुरोध अमेरिकी राजदुतलाई पत्राचार गरे (एउटा अनलाइनमा प्रकाशित यस पत्रको आधिकारिकता बारे प्रश्न उठेको छ)।
–– अमेरिकाले यो अनुरोध अस्वीकार ग¥यो । सरकार परिवर्तन भयो । पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त ।
–– ७ मे २०१७ ,२०७४ बैशाख २४ गते । प्रचण्ड प्रधानमन्त्रीबाट हट्नु भन्दा एक महिना अघि । प्रधान सेनापतिले फेरी पुरानै २०७२ भाद्र २४ गते लयको पत्राचार दोह¥याए । अमेरिकाले यो अनुरोध पनि अस्वीकार ग¥यो ।
–– सरकार परिवर्तन भयो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।
–– ४ फेब्रुअरी २०१८,२०७४ माघ २१ गते । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभन्दा ११ दिन अघि । प्रधानसेनापतिले उही अस्वीकृत पत्र (२०७२ भाद्र २४ गतेको) तेस्रो चोटी पत्राचार गरे । अमेरिकी पक्षबाट प्रतिक्रिया बिहिन लामो मौनता रह्यो ।
–– १ जुन २०१९ ,२०७६ जेठ । अमेरिकाले एसपीपी, आइपीएसको अङ्ग भएको र नेपाल एसपीपीमा तत्काल सामेल गरिएको रिपोर्ट प्रकाशित ग¥यो । यस रिपोर्टप्रति नेपालको गम्भिर आपत्ती रह्यो । सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा तथ्य बुझ्न एउटा कार्यदल गठन ग¥यो । कार्यदलले प्रतिवेदनप्रति नेपाल सरकारको सहमती नरहेकोले एसपीपी सम्बन्धि कुनैपनि पत्राचार नगर्ने निर्णय ग¥यो ।
तथ्य यही हैन ? २०७२ भाद्र २४ गते प्रधानसेनापतीले गरेको भनिएको पत्राचार सही हो भने पनि त्यो पनि २०७२ असोज १३ गतेको रक्षा मन्त्रालयको पत्रको आधारमा लेखिएको छ ।
–– २०७२ असोज १३ गते को थियो प्रधानमन्त्री ? को थियो रक्षामन्त्री? यहाँ एमाले र केपी ओलीमाथि आक्रमण किन ?
मानिलिउँ, त्यतीखेर जोसुकै होस् प्रधानमन्त्री । पत्र अस्वीकृत भएछ त ।
–– २०७४ बैशाख २४ गते पत्राचार किन दोह¥याएको ? बैशाख २४ गते को थियो प्रधानमन्त्रीरु को थियो रक्षामन्त्री ? हेक्का होला नि ? हैन ? यहाँ फेरी पनि एमाले र केपी ओलीमाथि आक्रमण किन नि ?
चुनाव सकिएको बेला, जनताले अत्यधिक मत दिएर पठाएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न नदिन आँ–उँ गरिरहेको बेला, २र२ चोटी अस्वीकृत भइसकेको अनुरोध फेरी किन तेह¥याएको ? केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभन्दा ठीक ११ दिन अघि २०७४ माघ २१ गते को थियो प्रधानमन्त्री ? को थियो रक्षामन्त्री ? संझाइ रहनु पर्छ ?
२०७६ जेठ पछि मुलुकलाई लाभ नगर्ने यो खेल भो अब यही रोकौं भनी ‘खाता बन्द’ गर्ने कार्यदल बनाउँदा को थियो प्रधानमन्त्री ? को थियो रक्षामन्त्री ? जवाफ दोह¥याउन पर्छ ?
तथ्यमा बहस गरौं । ‘डिस्इन्फरमेशन’ रोकौं ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई