टिफिन बक्समा राखिएको बम विष्फोट। विस्फोटमा विप्लव समूहको संलग्नता


कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा हिजो साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् ।

हिजो साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि मेट्रो अस्पताल लगिएको र घाइतेमध्ये होटेल सञ्चालक पाण्डेय र रामसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टिफिन बक्समा राखिएको बम विष्फोट भएको अनुमान छ ।”

घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
विस्फोटमा विप्लव समूहको संलग्नता रहेको आशन्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई